Header Ads

Loading...
Breaking News
recent

गुगल र फेसबुकले समुद्रमा बिछ्याउँदैछन् इन्टरनेट केबुल

चीनको हंगकंग र अमेरिकाको लस एन्जल्सलाई जोड्ने ८ हजार माइल लामो इन्टरनेट केबुल प्रशान्त महासागरमा बिछ्याइने भएको छ ।गुगल र फेसबुकले प्यासिफिक लाइट डाटा कम्युनिकेसन तथा टिइ सबकमसँग मिलेर सन् २०१८ सम्ममा समुद्रमा इन्टरनेट केबुुल बिछ्याउने योजना बनाएका हुन् ।

हंगकंग र लस एन्जल्स जोड्ने केबुल गत जूनदेखि सञ्चालनमा आएको अहिलेसम्मकै तिव्रगतिको इन्टरनेट केबुलभन्दा दुई गुणा शक्तिशाली हुनुका साथै इन्टरनेट डाटा ट्रान्सफरका लागि मोडेम भन्दा १ करोड गुणा फास्ट रहेको बताइएको छ ।

शोधकर्ताहरुका अनुसार यो नयाँ अल्ट्रा हाइ क्यापासिटीयुक्त प्रणालीबाट एशिया र उर अमेरिकाबीच एकै पटकमा ८ करोड एचडी भिडियो कन्फ्रेन्स गर्न सकिनेछ, जुन तिब्र गतिको हुनुका साथै सुरक्षित पनि हुनेछ ।

प्यासिफिक लाइट केबल नेटवर्क नाम दिइएको यो परियोजनाको घोषणा गुगल क्लाउड प्लाटर्फम ब्लगमार्फत गरिएको हो । विश्वमा अहिलेसम्मकै उच्च क्षमतायुक्त प्रशान्तपार केबुल प्रणालीको रुपमा रहेको यो केबुलको क्षमता १२० टेराबिट्स प्रति सेकेण्ड छ । समुद्रमुनि तार बिछ्याउने यो गुगलको छैठौँ परियोजना हो । सन् २०१८ सम्ममा यो परियोजना पूर्णर् भई सञ्चालनमा आउनेछ ।

प्यासिफिक लाइट केवल नेटवर्कले एसिया तथा प्रशान्त क्षेत्रका गुगल प्रयोगकर्तालाई उच्च ब्याण्डविथ उपलब्ध गराउनुका साथै एसियाली प्रयोगकर्ताका लागि गुगल क्लाउड र जी स्विट सेवाको पहुँच विस्तार गर्ने बताइएको छ ।

गत महिनामात्र गुगलले समुद्रमुनि तार बिछाएर जापान र अमेरिकालाई जोडेको थियो । ३० करोड डलरको उक्त केबुल प्रणाली गुगल सँगै विभिन्न ६ वटा कम्पनी मिलेर निर्माण गरेका हुन् ।

जापान र अमेरिका जोड्ने ५ हजार ६ सय माइल लामो उक्त केबुल प्रणाली अहिलेसम्मकै सबैभन्दा क्षमतायुक्त केबुल प्रणाली हो । डेली मेलका अनुसार यसले ६० टेराबाइट प्रति सेकेण्डको दरमा डाटा ट्रान्सफर गर्दछ जुन केबुल मोडेम भन्दा १ करोड गुणा फास्ट छ ।

No comments:

Powered by Blogger.